• होमपेज
  • अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा, यस्तो छ अंकगणित
Breaking News

अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा, यस्तो छ अंकगणित

काठमाडौं । कर्णालीमा अविश्वासको प्रस्ताव दर्तापछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका सांसदले फ्लोर क्रस गरी मत हालेर विश्वासको मत पुर्‌याइदिएको केही दिन मात्र भएको छ । लगत्तै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि माओवादी केन्द्र, कांग्रेस, जसपाले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । पोखरेलले विश्वासको मत लिन नसके लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार ढल्नेछ । एमालेबाहेक ३ दल एक ठाउँमा उभिएर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभामा एमालेको ४१ मत रहेकोमा ६ मत भएको जसपाले साथ दिए मात्रै पोखरेलले विश्वासको मत पाउनेछन् । तर अविश्वासको प्रस्ताव दर्ता गराउनेमा जसपा पनि छ । यस्तोमा एक सिट भएको जनमोर्चाले समर्थन गरे पनि मुख्यमन्त्रीले बहुमत जुटाउन सक्दैनन् । कर्णालीमा एमालेका सांसदलेझैं लुम्बिनीमा पनि अन्य दलका सांसदले फ्लोर क्रस गरे मात्रै पोखरेलको मुख्यमन्त्री पद जोगिने सम्भावन छ । तर कांग्रेस, माओवादी र जसपाबाट अनुशासन भंग हुने सम्भावना कम रहेको बताइन्छ । यस्तो छ अंकगणित
लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । जहाँ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २ जना कारबाहीमा परिसकेका छन् । यस्तोमा नयाँ सरकार गठन गर्न ४३ मत चाहिन्छ ।

यहाँ सबैभन्दा ठूलो दल रहेको एमालेका ४१ सांसद छन् । यो संख्या माधव नेपाल पक्षका सहितको हो । यसअघि माधव नेपाल पक्षमा ७/८ जना खुलेका थिए । जसमध्ये विष्णु पन्थी र रमा घर्ती नेपाल पक्षमा खुलेरै लागिरहेका छन् । यसअघि कर्णालीमा नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेकाले लुम्बिनीमा कस्तो दृश्य देखिएला, केही खुलिसकेको छैन ।

विज्ञापन

एमालेबाहेक कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यी चारै दल एक ठाउँमा उभिए बहुमतका लागि आवश्यक ४३ सांसदको संख्या पुग्छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्दा ४१ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रदेशसभामा कुन दलका सांसद कति ?
एमाले- ४१ जना
कांग्रेस- १९ जना
माओवादी केन्द्र- १७ जना (सभामुखबाहेक)
जसपा- ६ जना
जनमोर्चा- १ जना
माओवादीबाट कारबाहीमा परेका- २ जना

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook