• होमपेज
  • कालिगण्डकी करिडोर : जोमसोम–कागबेनी कालोपत्रेमा ५८ करोड बजेट
द्रुत खबर बिशेष

कालिगण्डकी करिडोर : जोमसोम–कागबेनी कालोपत्रेमा ५८ करोड बजेट

जोमसोम । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)  सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ । २०७४ सालमा निर्माण सुरु गरिएको जोमसोम-कोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै हस्तान्तरण भइसकेको छ भने जोमसोम-कोरला सडकको ३ प्याकेजको काम सम्पन्न हुन बाँकी छ ।          नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले करिडोर सडकलाई हस्तान्तरण भइसकेको जोमसोम-कागबेनी ११ किमी सडकको कालोपत्रे गर्न ५८ करोड बजेट विनियोजन भएको करिडोर सडकका सूचना अधिकारी इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए ।यसअघि करिडोरले जोमसोम–कोरला खण्डको जोमसोम-चैले सम्म कालोपत्रेका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । तर ,अर्थ मन्त्रालय उक्त प्रस्ताव अस्वीकृत गरेको थियो । तर ,दोश्रो प्रस्तावमा जोमसोम-कागबेनी कालोपत्रेका लागि बजेट माग गरिएकोमा स्वीकृत भएको हो ।  निर्माण सम्पन्न जोमसोम-कागबेनी ग्राभेल सडकमा कालोपत्रे स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बजेट पास गरेको हो । अब उक्त सडकको कालोपत्रे गर्न स्टमेट तयार गरी विभागबाट स्वीकृत गरी टेन्डर आहवान हुने करिडोरले जनाएको छ ।करिडोरले यसै महिना भित्र टेन्डर आह्वान गर्ने र यसको अवधि ३ महिना रहने छ । करिडोरका ईन्जिनीयर यादवले सबै प्रक्रिया सकेर आगामी आर्थिक वर्षको सुरुआतमै कालोपत्रेको काम सुरु हुने जनाए । उनले आगामी दशै भित्र जोमसोम—कागबेनी सडक कालोपत्रे संम्पन्न हुने उल्लेख गरे ।      यस्तै ,राष्ट्रिय गौरवको ७६ किमी बेनी—जोमसोम सडकखण्डको प्याकेज नं. ३ र ४ को कालोपत्रे बिछ्याउनेकार्य बैशाख देखि सुरु हुने करिडोरले जनाएको छ ।२०७४ साल देखि सुरु भएको जोमसोम—कोरला सडकको काम ६० प्रतिशत सकिएको हो । जसमध्ये शर्मा गजुरमुखी जेभीले मुस्ताङको थासाङ—३ लेते देखि कोवाङसम्म र सप्तकोशी जलाधार जेभीले थासाङ—२ कोवाङ देखि जोमसोमसम्म कालोपत्रेको तैयारी गरेको हो । सो सडकमा कालोपत्रे गर्ने तयारी रहेपनि कोरोना माहामारी तथा हिउदयामको चिसोको कारण कालोपत्रे बिछ्याउन काम अघि बढेको थिएन । त्यहा निर्माण कम्पनीले कालोपत्रेका लागि केही उपकरण ल्याउन बाकी छ भने आवश्यक गिट्टी,बालुवा र बिटामिन समेत तयारी अवस्थामा राखेको छ । यस्तै हिमाली जिल्ला मुस्ताङमा ४ वर्षअघि पहिलो पटक कागबेनी—मुक्तिनाथ सडक कालोपत्रे गरिएको थियो । त्यससमय साविक स्थानीय विकास मन्त्रालय मार्फत ग्रामिण पुननिर्माण तथा पूनस्थापना आयोजना (त्रिपल)ले कालोपत्रे बिछ्याउने काम गरेको थियो ।योसंगै करिडोरले जोमसोम÷कालोपत्रे बिछ्याउन काम सम्पन्न भएमा जोमसोम—मुक्तिनाथ यात्रा सहज हुने जनाईएको छ । सुन्दरकुमार थाकाली, मुस्ताङ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook