• होमपेज
  • ज्योती लाईफको आइपीओ पर्यो ? यसरी सजिलै हेर्नुहोस् नतिजा
अर्थ/वाणिज्य

ज्योती लाईफको आइपीओ पर्यो ? यसरी सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं ।
ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार कम्पनीको भवन ज्ञानेश्वरमा आइपीओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ ।गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू खाली हात भएका छन् ।

कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेकोमा ४४ हजार ६ सय ४५ जना आवेदको आवेदन रद्द भएको थियो । बाँकी १७ लाख ९७ हजार ८ सय ३५ जनाको आवेदन सदर भएको थियो ।

विज्ञापन

कम्पनीले फागुन २१ गतेदेखि २६ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

यसरी हेर्नुहोस् आपीओको नतिजा
लगानीकर्ताले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, मेरो शेयर मोबाइल एप, बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट  र  आईपीओ रिजल्ट डट सीडीएससीडटकमडटएनपी पोर्टलमा आईपीओ रिजल्ट हेर्न सकिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook