• होमपेज
  • नेपाली आकासमा ‘गुण एयरलाइन्स’, वैशाखबाट उडान
अर्थ खबर

नेपाली आकासमा ‘गुण एयरलाइन्स’, वैशाखबाट उडान

काठमाडौं । नेपाली आकासमा सिम्रिक एयरलाइन्सका रुपमा परिचित वायुसेवा कम्पनी अब ‘गुण एयरलाइन्स’का रुपमा पुनः सञ्चालनमा आउने भएको छ । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । व्यवस्थापक परिवर्तन भएपछि गुण एयरलाइन्सको नाम परिवर्तन गरी सिम्रिक बनाइएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स नै सिम्रिकमा परिवर्तन भएको हो । अब भने यो कम्पनी थप रणनीतिका साथ गुणकै नामबाट उड्ने भएको हो । कम्पनीका बजार प्रमुख प्रज्वल थापाका अनुसार गुण एयरलाइन्स वैशाख पहिलो साताबाटै उड्न थाल्ने भएको छ ।

यति एयरका ५ जहाज गुणले किन्यो

विज्ञापन

कम्पनीका बजार प्रमुख थापाका अनुसार सिम्रिकसँग २ वटा अमेरिकी विचक्राफ्ट जहाज थिए । त्यसमा थप ५ जहाज खरीद गरी जहाज संख्या ७ पुर्‍याइएको छ । गुण एयरलाइन्सले यति एयरसँग रहेका ५ वटा जेट स्ट्रिम जहाज खरीद गरेको हो । यो जहाज ३० सीट क्षमताको हो । यससँगै अब यतिसँग जेट स्ट्रिम जहाज रहने छैनन् । दुई कम्पनीले जहाज खरिदसम्बन्धी आर्थिक विवरण भने सार्वजनिक गरेका छैनन् । थापाका अनुसार गुणका नामबाट वैशाखबाट २ विचक्राफ्ट जहाज उड्न थाल्ने छन् । यतिसँग किनेका ५ जहाजको नामसारीसहितको काम गर्न भने थप तीन महिनाको समय लाग्ने छ । त्यसपछि भने पूर्ण क्षमतामा सेवा विस्तार गरिने उनले जानकारी दिए ।

देशभरका ठूला विमानस्थलमा यात्रुलाई अर्को विकल्प थपिने

गुणले जहाज थप गरेपछि यात्रुका लागि भने थप एक विकल्प उपलब्ध हुने भएको छ । कम्पनीले अहिले काठमाडौंबाट पोखरा, भरतपुर र भैरहवा तथा पर्वतीय उडान मात्र गरिरहेको थियो । अब भने सेवा बिस्तार गरी सिमरा, जनकपुर, भद्रपुर, विराटनगर, नेपालगन्ज र तुम्लिङटारमा समेत गुण एयरलाइन्सको सेवा पुग्ने छ । यसले यात्रुलाई ती विमानस्थलमा जहाज छनोटको अवसर प्राप्त हुने भएको हो ।

व्यवस्थापन परिवर्तनसँगै नाममा हेरफेर

सन् २०१३ मा क्या. रामेश्वर थापाले गुण एयरलाइन्स खरिद गरेपछि कम्पनीको नाम नै परिवर्तन गरेका थिए । त्यसपछि यो कम्पनी सिम्रिक एयरलाइन्सका नामबाट उड्न थाल्यो । त्यससमय थापाले राजेन्द्र शाक्यसहितका लगानीकर्ताबाट यो वायुसेवा कम्पनी खरिद गरेका हुन् । अहिले शाक्यले नै कम्पनी खरिद गरी पुरानै नाम र व्यवस्थापनमा सेवा शुभारम्भ गर्न लागिएको बजार प्रमुख प्रज्वल थापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook