• होमपेज
  • एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको आयोगको पत्र संसद् सचिवालयमा
Breaking News

एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको आयोगको पत्र संसद् सचिवालयमा

काठमाडौं : निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ। आयोगले पठाएको सो पत्र सचिवालयमा दर्ता भइसकेको छ। मंगलबार बसेको निर्वाचन आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको निर्णय गरेको थियो।

यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु भने सत्तापक्षकै सिटमा बस्ने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने भएका हुन्।

विज्ञापन

सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अलग अलग दल भएको निर्णय गरेको हो।

आयोगले आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आआफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने  निर्णयसहित एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै पक्षलाई आमन्त्रण गरेको छ ।

यसअघि गत आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरिदिएपछि यी दुई दल पहिलेकै अवस्थामा फर्किएका छन् । नेपाल कम्युनिस्ट पार्टी आफ्नो नाममा दर्ता भएकाले सोही नामको ओली–दाहाल अध्यक्ष रहेको दल खारेज गर्न रिट निवेदक ऋषिराम कट्टेलले दिएको निवेदनमा सुनुवाइ गर्दै अदालतले बदर गरी उनकै पक्षमा निर्णय सुनाएको थियो।

२०७५ जेठ २३ पछि दल दर्ता नम्बर १५३ मा दर्ता भएको गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र दल दर्ता नम्बर १६० मा दर्ता भएको सन्ध्या तिवारी नेतृत्वको नेकपा (एमाले) अदालतको फैसलापछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावलीबमोजिम राजनीतिक दलका रूपमा कायम हुन नसक्ने जनाउँदै आयोगले तत्कालीन नेकपा माओवादी केन्द्रका हकमा अर्को नयाँ नाम र चिह्न तथा नेकपा (एमाले)का हकमा नयाँ नाम प्रस्ताव गरी  १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न दुवै दललाई आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook