• होमपेज
  • चट्याङसहित वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी
द्रुत खबर बिशेष

चट्याङसहित वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

आज राति पहाडी भेगमा मौसम आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

तर प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक वा दुई स्थानमा भने आज राति मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विज्ञापन

यसैगरी भोलि बुधबार अपराह्नपछि देशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।

यसैगरी बुधबार राति पनि पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपश्चात् पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै