• होमपेज
  • भूतपूर्व सैनिक संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्वाचित
गण्डकी प्रदेश

भूतपूर्व सैनिक संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्वाचित

पर्वत/अवकाश प्राप्त भूतपूर्व सैनिकहरुको संस्था नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक संघको छैटौं साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन पर्वतको कुस्मामा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै रेग्मीले सेवामा रहँदा गरेको योगदानको राज्यले कदर गर्नुपर्नेमा जोड दिए । उनले सेवा निवृत्तहरुमा रहेको योग्यता र क्षमता अफ्यारो अवस्थामा राज्यले उपयोग गर्न सक्ने भएकाले सेवा निवृत्तहरु जहिलेपनि राज्यका पहरेदार रहेको बताए ।

विज्ञापन

कार्यक्रममा बोल्दै केबलजंड गुल्म कुस्माका गुल्मपती सेनानी रमेश थापाले भूतपूर्व सेनाहरूलाई अवकाश प्राप्त पछि स्वरोजगार कार्यक्रममार्फत आवश्यक सीप, पुजी उपलब्ध गराउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा फलेवास नगर कमिटिका डिल्लीराम अधिकारी, कुश्मा नगरपालिका ३ का खड्क बहादुर गुरुङ, मोदी गाउँपालिका भिम बहादुर केसी लगायतले आफ्नो धारणा राखेका थिए ।

संघका अध्यक्ष युवराज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उप सभापती ओमप्रकाश पौडेल र संचालन देबेन्द्र बहादुर नेपालीले गरेका थिए ।

अधिवेशनले ओमप्रकाश पौडेल सभापति र शिब शर्मा उपसभापती रहेको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook