• होमपेज
  • संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस
गण्डकी प्रदेश

संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस

पर्वत । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले देशभर विजय जुलुस निकालेको छ । पुनर्स्थापनाको खुशियालीमा पर्वतमा पनि आज बिजय जुलुस निकालिएको छ । कुश्माबजारको मैत्रिचोकबाट निस्किएको बिजय जुलुस बजारको बगैचाचोक, मेलमिलापचोक, लोकतन्त्रचोक  हुँदै शिवालय चोक पुगेर सभामा परिणत भएको थियो । भेेलालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईन्र्चाज गुप्त हमालले प्रतिगमन सच्चिए पनि राजनीतिक लडाई लडन बाँकै नै रहेको बताएका छन । उनले देशबासीको भावनाअनुरूप र संविधानको रक्षा गर्ने कार्य सर्वोच्च अदालतले गरेर आफ्नो गरिमा कायम राखेको बताए ।

विज्ञापन

त्यस्तै भेलामा नेकपा प्रदेश कमिटी सदस्य मोती प्रसाद पौडेलले सर्बोच्च अदालतले जनताको जित गराएको बताउँदै संबिधानको सर्बोच्चता कायम भएको बताए । सभालाई सम्बोधन गर्दै फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले सर्वोच्च अदालतको ऐतिहासिक कदमको स्वागत गर्न विजय जुलुस निकाल्नु परेको बताए । असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश पश्चगामी, स्वच्छाचारी कदमलाई परास्त गर्ने अदालतको निर्णय स्वागतयोग्य रहेको उनको भनाई थियो । विजय जुलुसमा सहभागीहरुले खुसियालीको रातो टीका लगाएका थिए । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा समेत लगाएका थिए ।कोण सभाको कार्यक्रमको सञ्चालन नेकपाका जिल्ला अध्यक्ष भक्त कुबँरले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook