• होमपेज
  • राशिफल भन्छ-आज यी ६ राशिका व्यक्तिलाई हुनेछ विशेष लाभ !
राशिफल

राशिफल भन्छ-आज यी ६ राशिका व्यक्तिलाई हुनेछ विशेष लाभ !

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरूले राम्रो साथ दिनाले बिहानको समय लाभदायक रहनेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । अन्य काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अपराह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ । अध्ययन र व्यापारमा प्रगति हुनेछ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउला । सहयोगीहरू पछि हट्न सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको बारेमा चासो राख्दा समस्यामा परिनेछ ।

विज्ञापन

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बिछोडिएका आफन्त पनि नजिकिनेछन् । अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले उपलब्धि दिलाउनेछ । दिउँसोदेखि केही समस्या पनि देखा पर्नेछन् । विवादास्पद जिम्मेवारी आउनेछ भने खर्च बढ्ने सम्भावना छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ । तापनि पछिका लागि काम गर्ने समय छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ । शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । तर नियमित काममा अरूको भरपर्दा समस्या आउला । आगन्तुकले अलमल्याउन सक्छन् ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले खर्च बढाउनेछ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि सामान्य लाभ मिल्नेछ। तर, उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ । सञ्चित रकम खर्च हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । परोपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ । दिउँसोदेखि व्यवसायतर्फ केही अलमल हुनेछ । आफ्नैले काममा बाधा पुर्याउनेछन् । विशेष योजना सार्वजनिक नगर्नुहोला । तत्काल फाइदा नहुने जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिवेश रमाइलो देखिए पनि चिन्ताले मन पिरोलिनेछ । मनोरञ्जनमा अलमलिँदा काम रोकिन सक्छ । आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला । लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। प्रयत्न गर्दा बिस्तारै काम बन्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समय लागे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । व्यवसायमा आम्दानी बढ्नेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहोला । बुद्धिको उपयोगले काम बनाउन सकिनेछ । मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । विशेष काममा जग बसाउने मौका जुट्नेछ । दिउँसोदेखि अस्वस्थताले काम रोकिन सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्, बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ । मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ ।

२०७७ पुस १६ गते, बिहीवार,(३१ डिसेम्बर २०२०) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook