• होमपेज
  • ओली पक्षमा को को स्थायी कमिटी सदस्य (नामसहित)
पत्रपत्रिका

ओली पक्षमा को को स्थायी कमिटी सदस्य (नामसहित)

काठमाडौं, ५ पौष । नेपाल कम्युनिस्ट पार्टीभित्र आजबाट लगभग स्पष्ट कित्ताबाट भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराइदिएपछि उनलाई कारबाहीको सिफारिश सम्म भएको छ । पार्टीभित्र बहुमत स्थायी कमिटी सदस्यहरु ओलीविरोधी कित्तामा उभिएका छन् ।

नेकपाभित्र हाल रहेका ४२ स्थायी कमिटी सदस्यमध्ये आज २७ जना ओलीको विपक्षमा देखिए । उनीहरु ओलीलाई कारबाही गर्न सिफारिश भएको बैठकमा समेत सहभागी भए । तर, १५ जना स्थायी कमिटी सदस्यहरु अनुपस्थित रहे । उनीहरुमध्ये १२ जना ओली पक्षधर मानिन्छन् । तीनजनाको कित्ता अझै स्पष्ट भएको छैन ।

बामदेव गौतम पनि आजको बैठकमा अनुपस्थित रहे । त्यसबाहेक प्रचण्डनिकट मानिएका टोपबहादुर रायममाझी र मणि थापा पनि अनुपस्थित रहे । रायमाझीको मन्त्री बन्ने चर्चा चल्दै आएको छ ।

विज्ञापन

ओली पक्षधर स्थायी कमिटी सदस्यहरु

केपी शर्मा ओली
इश्वर पोखरेल
रामबहादुर थापा बादल
विष्णु पौडेल
शंकर पोखरेल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ्ग
लेखराज भट्ट
किरण गुरुङ्ग
रघुवीर महासेठ
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook