• होमपेज
  • पञ्चकोशी माविमा दुईवटा अक्षयकोष स्थापना
कुश्मा नगरपालिका

पञ्चकोशी माविमा दुईवटा अक्षयकोष स्थापना

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माविमा दुई वटा अक्षयकोष स्थापना भएका छन् ।
विद्यालयको शैक्षिक विकासका लागि भन्दै स्थानीय दूई परिवारले आफन्तको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।

कुश्मा नगरपालिका वडा नं. १४ वडागाउँ स्थायी घर भई हाल सिमलचौर पोखरा बस्ने स्व. ले. दिलकुमारी  गुरुङको स्मृतिमा रु १ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । छोराहरु क्या. कृष्ण गुरुङ, अर्जुन गुरुङ, बुहारीहरु राधा गुरुङ र पशुपती गुरुङको परिवारले बाबु आमा क्याप्टेन विष्णुप्रसाद/दिलकुमारी अक्षयकोष स्थापना गरेका हुन् । उक्त अक्षयकोषको राशी रु १ लाख रुपैया रहेको छ ।
डिलकुमारी गुरुङको निधन भएको ४९ दिनको पुण्य तिथिमा विद्यालयलाई उक्त रकम हस्तान्तरण गरिएको विद्यालयका प्रद्यानाध्यापक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

विज्ञापन

त्यसैगरी आर्थर डाँडाखर्ककै घागे निवासी स्वर्गि नारायणदत्त रिमालको स्मृतिमा पनि रु ५० हजार रुयैयाको अक्षयकोष स्थापना गरिएको छ । उहाँका छोरा गोपाल रिमाल र बुहारी कल्पना कुमारी शर्मा लगायतका परिवारले स्व.बाबु नारायणदत्त रिजाल स्मृति अक्षयकोषका लागि बुधवार विद्यालयलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

कुश्मा नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष भिमप्रसाद गुरुङको उपस्थितिमा उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको थियो । उक्त अक्षयकोषवाट प्राप्त हुने ब्याज रकमले बार्षिक रुपमा विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण लगायत शैक्षिक विकासमा खर्चिने बताईएको छ ।

पछिल्लो समय शैक्षिक गुणस्तरमा समेत अब्बल बन्दै गएको उक्त विद्यालयमा यस्ता स्मृति अक्षयकोषको संख्या डेढ दर्जन भन्दा बढि पुगेको पनि प्रअ सापकोटाले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook