• होमपेज
  • प्रचण्डका तीन योजना : अन्तिम सदन छाडेर सडकमा जाने
Breaking News

प्रचण्डका तीन योजना : अन्तिम सदन छाडेर सडकमा जाने

यस्तो छ नेकपा भित्र अबको तयारी

काठमाडौं । सत्तारुढ नेकपाको विवाद शुक्रबार बस्ने सचिवालय बैठकले समाधान गर्ने अपेक्षा कार्यकर्ताहरुले गरेका छन् । लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल प्रचण्डबीचको टकरावका कारण नेकपा आन्तरिक विवादमा फस्दै आएको छ ।

पार्टी विभाजनको संघारमा पुगेका नेताहरुले बताइरहँदा सहमतिका प्रयास खोजेका शीर्ष नेताहरु शुक्रबार छलफलमा बस्दैछन् । लामो कसरत पश्चात अध्यक्ष ओलीको सहमतिमा महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी सचिवालय बैठक बोलाएका छन् ।

विज्ञापन

सो बैठकले कस्तो परिणाम देला आममानिसको जति चासो छ, त्यो भन्दा बढी प्रचण्ड–नेपाल समूहलाई रहेको छ । अध्यक्ष ओली पार्टी निर्णय स्वीकारेर अघि नबढे विभिन्न विकल्प तयार पारेर बसेका प्रचण्ड पार्टीलाई एकढिक्का र एकताबद्ध गरेर अघि बढ्नु पर्ने पहिलो विकल्पमा रहेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन भएसँगै सरकार चलाएको सो पार्टी विवादमा फस्दै आएको छ । पार्टीको निर्देशन र निर्णय नमानेर सरकार र पार्टी चलाएको आरोप ओलीमाथि लाग्दै आएको छ भने सरकार सञ्चालनमा असहयोग गरेको र उल्टै सरकारको बद्नाम गराएको आरोप प्रचण्ड–नेपाल समूहमाथि लाग्दै आएको छ ।

यी दुई आरोप प्रत्यारोपले नेकपा विभाजनको संघारमा पुगेको छ, भलै शुक्रबार बैठक बोलाइएको छ । अध्यक्ष ओलीबाट आफू बारम्बार अपमानित भएको महसुस गरेका प्रचण्ड तीन विकल्प तयार पारेर बसेका छन् ।

पहिलो ओलीलाई नै अध्यक्ष र प्रधानमन्त्रीको रुपमा स्वीकारेर अघि बढ्ने वा ओलीलाई पदच्यूत गरेर सहमति र एकताका साथ पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रचण्डको पहिलो विकल्प रहेको छ । जुन सम्भावनाबाट दूर रहेको नेकपाका नेताहरुको भनाइ छ ।

तर, पार्टी विभाजन चाहिरहेका आशंका गरिएका ओलीले पार्टी फुटाए पूर्व एमाले र माओवादी भन्ने भावना जागृत हुन नदिने गरी नेकपालाई अघि बढाउने प्रचण्डको दोस्रो विकल्प रहेको छ । यसका वरिष्ठ नेता माधवकुमार नेपालको साथ र समर्थन रहने प्रचण्डको विश्वास छ ।

तर, कारणवस नेता नेपालले साथ नदिई अलग भएमा भने पूर्वमाओवादी पक्षधरका सांसदहरुलाई सदनबाट बाहिर ल्याएर सडक संघर्षमा जाने प्रचण्डको तेस्रो तथा अन्तिम विकल्प रहेको छ । सडक संघर्षबाट आउँदो चुनावसम्ममा जनमत आफ्नो पक्षमा ल्याउन सकिनेमा प्रचण्ड आशावादी रहेका उनी निकट नेताहरु बताउने गर्छन् ।

पछिल्लो समय ओलीबाट अपमानित महसुस गर्न थालेका प्रचण्ड आफूनिकटका नेताहरुसँगको छलफलका क्रममा उक्त विकल्पकाबारेमा कुराकानी गर्न थालेका छन् ।

तर, तीन विकल्प बनाएका प्रचण्ड ओलीलाई नै अध्यक्ष र प्रधानमन्त्रीको रुपमा स्वीकारेर पार्टीका निर्णय पालना गराएर अघि बढ्ने पक्षमा भने अडिग रहनु पर्ने देखिन्छ । बाँकी दुई विकल्प भने अन्तिम अवस्थाका लागि उनले बनाएको उनीनिकटका नेताहरुले बताएका छन् ।

यही पेरिफेरिमा शुक्रबार बस्न लागेको बैठकमा अध्यक्ष ओली कसरी अघि बढ्ने छन् भन्ने संकेत पाइने उनीहरुको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook