• होमपेज
  • पारिवारिक नीजि वन संघको अन्तरसंबाद कार्यक्रम सम्पन्न
महाशिला गाउँपालिका

पारिवारिक नीजि वन संघको अन्तरसंबाद कार्यक्रम सम्पन्न

पारिवारिक नीजि वनले भोग्नुपरेका समस्या र त्यसका सामाधानका विषयमा पारिवारिक नीजि वन संघ पर्वतको अन्तर संबाद कार्यक्रम पर्वतको महाशिला ५ लुंखुमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय सदस्य सुमित्रा बसेलले पारिवारिक नीजि वनलाई राज्यले अवहेलना गरेको बताउँदै कानून परिमार्जन गरि सहज गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राकृतिक साधन स्रोतको उपभोग गर्न राज्यले नसकेको बताउँदै वन नीतिमा परिमार्जन गरि सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन

कार्यक्रममा पारिवारिक नीजि वन संघ प्रदेश अध्यक्ष तथा महाशिला गाउँपालिका ५ का वडा अध्यक्ष जीवन विक्रम उचैले नीजि वनलाई उत्पादन र विक्रि वितरणमा राज्यले विभेद गरेको बताउनुभयो । उहाँले नीजि वनले राज्यलाई योगदान दिएको भएपनि राज्यको दृष्टिकोण अझै सकारात्मक हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य खुम प्रसाद सुबेदीले पारिवारिक तथा नीजि वनलाई कृषि वनको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सामुदायिक वन र पारिवारिक वनमा प्रयाप्त काष्ठ गैरकाष्ठ सम्पत्ती रहेको र त्यसको उपभोग गर्न राज्य बाधक बनेको आरोप लगाउनुभयो । सुबेदीले स्थानीय तहहरुले वातावरणीय क्षती पुराउने तर वातावरण जोगाउन र स्थानीयहरुको शसक्तिकरणमा चासो नदिएको गुनासो गर्नुभयो ।

कार्यक्रममा गैसस महासंघका प्रदेश सचिब राजेन्द्र पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका सचिब गणेश पौडेल, सोडेक नेपालका अध्यक्ष विक्रम मल्ल, पारिवारिक नीजि वनका सदस्य खड्क बहादुर क्षेत्री लगायतले आफ्नो धारणा राखेका थिए ।

पारिवारिक नीजि वन संघका जिल्ला अध्यक्ष ईश्वरी प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब निर्मल नेपालीले गर्नुभएको थियो । कार्यक्रममा लक्ष्मण मल्लको अध्यक्षतामा ११ सदस्यीय पारिवारिक नीजि वन संघ महाशिला गठन गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook