• होमपेज
  • भारी वर्षाको विमानस्थलमा प्रभाव : खराब मौसमका बावजुद नियमित उडान सञ्चालन
पत्रपत्रिका

भारी वर्षाको विमानस्थलमा प्रभाव : खराब मौसमका बावजुद नियमित उडान सञ्चालन

काठमाडौँमा मङ्गलबारबाट जारी वर्षाले हवाई उडानलाई प्रभाव पारेको छ । आज बिहानैदेखि परेको झरीका बीच साउदी अरबको दमाम र बराइनबाट आएका बिमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । यस्तै आन्तरिक उडानतर्फ आज बिहान श्री एयरलाइन्सको विमान धनगढी उडको छ ।

बिहानैदेखि मौसम खराब भएपनि विमान उड्नका लागि अप्ठेरो नभएको विमानस्थलका एक कर्मचारीले बताए  । आन्तरिक उडानका लागि विभिन्न विमान कम्पनीहरुले तयारी गरिरहेको उनले बताए ।

विज्ञापन

मंगलबार राति भने खराब मौसमका कारण फ्लाई दुबईको विमानले काठमाडौँको आकाशमा चक्कर लगाएर अवतरण हुन नसकेपछि भारतको लखनउमा अवतरण भएको थियो । अहिले पानी परिरे पनि विमान उडान तथा अवतरणका लागि पर्याप्त भिजिविलिटी रहेको विमानस्थलका कर्मचारीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook