• होमपेज
  • पर्वत काँग्रेसको ओरालो पाईलो, दैनिक नेकपातर्फ आकर्षित बन्दै युवाहरु
गण्डकी प्रदेश

पर्वत काँग्रेसको ओरालो पाईलो, दैनिक नेकपातर्फ आकर्षित बन्दै युवाहरु

 पर्वत । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता सहितका युवाहरु सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा पर्वतको जिल्ला पार्टी कार्यालयमा आयोजीत एक कार्यक्रमका वीच कुश्मा नगरपालिका वडा न ८ चुवाका ३ जना युवाहरु नेकपामा प्रवेश गरेको नेकपा कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा नेकपा पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरी, पार्टी सचिव सुदीप कुँवर सहितका नेताहरुले टिका तथा खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए । यस अघि पार्टी प्रवेश गर्नेहरुमा कांग्रेस वडा कमिटिका सह सचिव सृजन पौडेल, सक्रिय कार्यकर्ताहरु गणेश पोख्रे लर खेमराज पोख्रेल पार्टी प्रवेश गरेका हु्न ।

विज्ञापन

उनीहरु मध्ये खेमराज पोख्रेलले भने पार्टी प्रवेश गरेको केहि घण्टा पछि नै आफू पुनः नेपाली कांग्रेसमा फर्केको आषय सहितको बक्तब्य जारी गरेका छन् । यस अघि नेकपाबाट नै सृजन पौडेल कांग्रेसमा प्रवेश गरेका थिए । उनले विभिन्न परिबन्दमा परी कांग्रेस प्रवेश गरेपनि आफ्नो कम्युनिष्ट पार्टीको वर्गिय चिन्तन भने यथावत रहेको भन्दै पुनः कम्युनिष्ट पार्टीमा नै क्रियाशिल रहने भन्दै पार्टी प्रवेश गरेको बताए ।

कार्यक्रममा नेकपाका अन्य नेताहरु प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, मेघनाथ सुवेदी, देवेन्द्र पाण्डे, नेकपा नेताहरु गोविन्द पहाडी, शंकर गिरी, शिव पौडेल लगाएतका नेताहरुलाई नवआन्तुकहरुलाई स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook