• होमपेज
  • ओली–दाहाल भेटवार्ता, मन्त्रिमण्डल पूनर्गठनबारे छलफल
Breaking News

ओली–दाहाल भेटवार्ता, मन्त्रिमण्डल पूनर्गठनबारे छलफल

काठमाडौं, ५ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सचिवालय बैठक स्थगित् गरेर अध्यक्षद्धय मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे केन्द्रित रहेर छलफलमा जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको ओली–दाहाल भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच आज भेटवार्ता भएको जनाए । उनले अध्यक्षद्धयबीच पार्टीको सचिवालय बैठकमा उठेका विषयमा केन्द्रित रहेर छलफल भएको पनि स्पष्ट पारे ।

दशैँ अघि नै मन्त्रिमण्डल पूनर्गठन हुन्छ : खनाल

मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे सहमति खोज्न सचिवालयले अध्यक्षद्धयलाई नै जिम्मेवारी दिएको छ । कार्यसम्पादन राम्रो भएकाहरुलाई निरन्तरता दिनेबारे दुवै अध्यक्ष सकारात्मक छन् । र, अधिकांश नयाँ अनुहार ल्याउने उनीहरुको तयारी छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले समेत ठूलो मात्रामा मन्त्रीहरु हटाईने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउने स्पष्ट पारिसकेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले सबैको प्रतिनिधित्व हुनेगरि समावेशी मन्त्रिमण्डल बनाईने जानकारी दिएका थिए ।

विज्ञापन

अब नेकपाको प्राथमिकता : मन्त्री हेरफेर र राजनीतिक नियुक्ति

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook