• होमपेज
  • पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध
कुश्मा नगरपालिका

पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध

पहिरोका कारण पर्वतका आधा दर्जन सडक अवरुद्ध

पर्वत । शनिवार रातीदेखि देखि परेको अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड विभिन्न स्थानमा पहिरोले अबरुद्ध भएको छ ।
सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा अबरुद्ध भएको हो ।

आइतबार पनि पहिरोले अबरुद्ध सडक साँझ मात्रै एक तर्फी रुपमा सञ्चालन भएको थियो । सोमबार सहस्रधारामा सडक माथिबाट भेल सहितको पहिरो आएपछि सडकको ५० मिटर भन्दा बढी भाग पुरेको छ । सडक अबरुद्ध भएपछि सोमबार विहानै देखि सवारी र यात्रुहरु सडकमा नै अलपत्र परेका छन् । पहिरो खसिरहेका कारण सर्वसाधारणहरु हिडेर समेत वारपार गर्न पाएका छैनन् ।

विज्ञापन

सडक सञ्चालनका लागि निर्माणाधिन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका इक्युपमेण्टहरु प्रयोग गर्ने तयारी गरेपनि पहिरो खसिरहेका कारण तत्काल काम शुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताउनुभयो । चुवा, दोविल्ला लगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो ।

कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभएपनि खाद्यन्न ढुवानी सँगै विरामी र एम्बुलेन्सहरुलाई समस्या भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook