• होमपेज
  • डेरावालको हत्या अभियोगमा घरबेटीका दुई छोरा पनि पक्राउ
कुश्मा नगरपालिका

डेरावालको हत्या अभियोगमा घरबेटीका दुई छोरा पनि पक्राउ

आफ्नै घरमा डेरा गरी बस्ने व्यक्तिको हत्या गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौंको कीर्तिपुर ७ भाजंगलमा प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने भारतको बिहारका ४२ वर्षीय शम्भु महत्तोको कुटपिटबाट ज्यान गएको थियो।

घरघनी प्रेमकृष्ण महर्जनसँग पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद हुँदा महर्जनले शम्भु महतोलाई ढोकामा लगाउने काठको आग्लोले प्रहार गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले बताए।

विज्ञापन

आग्लो प्रहारबाट घाइते भएका महतोलाई उपचारको लागि किर्तिपुर अस्पताल लगिएकोमा शुक्रबार दिउँसो ज्यान गएको थियो। प्रेमकृष्ण महर्जनलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो।

उनका दुई छोराहरु परमेश्वर महर्जन र प्रमोद महर्जनलाई पनि पक्राउ गरिएको एसपी राठौरले बताए। घटनामा उनीहरुको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook