• होमपेज
  • शनिबार थपिए ४६८ संक्रमित, मृत्यु हुनेको संख्या १०२ पुग्यो
Breaking News

शनिबार थपिए ४६८ संक्रमित, मृत्यु हुनेको संख्या १०२ पुग्यो

काठमाडौं, ३१ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका एक–१ गरी थप ३ जनाको मृत्यु भएको हो ।
डा. गौतमका अनुसार कपिलवस्तुको मायादेवी–७ का ४० वर्षीय पुरुषको शनिबार उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो भने पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको शुक्रबार नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको २९ साउनमा कोरोनाबाट मृत्यु भएको हो ।
यस्तै, शनिबार देशभर ४६८ जना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले हालसम्म संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । शनिबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।
यस्तै, प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् भने प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा४ हजार १ सय ६३ जना गरी शनिबारसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको हो ।
मन्त्रालयका अनुसार आइसोलेसनमा ८ सय १ सय ९३ जना संक्रमित उपचाररत छन् । प्रदेश नम्बर १ मा ८ सय ५४, प्रदेश नम्बर २ मा ३ हजार ८ सय २७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २ सय ६२ जना संक्रमित आइसोलेसनमा रहेका छन ्।
यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३६, कर्णाली प्रदेशमा २ सय २५ र सुदूरपश्चिम प्रदेशमा ८ सय १० जना आइसोलेसनमा रहेका छन् । आज ५ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको गौतमले बताए । आज आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन् ।
शनिबारसम्म क्वारेन्टिनमा १४ हजार ४ सय ४८ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ७ सय १३, प्रदेश नम्बर २ मा १ हजार ७ सय, बागमती प्रदेशमा १ हजार ६४ र गण्डकी प्रदेशमा २ हजार ९ सय ८३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७३, कर्णाली प्रदेशमा ७ सय ६० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ५५ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook