• होमपेज
  • अभियुक्तको बयानः चेक प्वाइन्ट क्रस गरेपछि हामीले प्रहरीलाई सुनको झोला दियौँ 
Breaking News

अभियुक्तको बयानः चेक प्वाइन्ट क्रस गरेपछि हामीले प्रहरीलाई सुनको झोला दियौँ 

घटनामा नयाँ मोड

प्रहरीले आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल बरामद गरेको घटनाले नयाँ मोड लिएको छ ।

मंलगबार प्रहरीलाई नै चक्मा दिँदै कमलादीको चेक प्वाइन्टमा बा६च ५५१९ नम्बरको स्कार्पियो गाडीले आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल फालेर स्कार्पियो भागेको सार्वजनिक गरेको थियो ।

विज्ञापन

तर, सो सामग्री फालेर भागेको नभई तस्करहरूले प्रहरीलाई बुझाएर गाडी भगाएको खुलेको हो । प्रहरी स्रोतका अनुसार यसरी प्रहरीलाई झोला दिएर भाग्नेहरूमध्येका ३ जना पक्राउ परेका छन् । उनीहरूलाई नवलपरासीबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेल छन् । उनीहरू तीनै जना भारतीय नागरिक हुन् । उनीहरूलाई भगाउने ट्याक्सी चालक सन्दीप गुरुङ पनि प्रहरीको नियन्त्रणमा छन् । मिदेश सकियाले चेक प्वाइन्टमा रहेका प्रहरीलाई झोला बुझाएको प्रहरीकै अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सबै महानगरीय अपराध महाशाखाको नियन्त्रणमा रहेको महाशाखा स्रोतले बतायो ।

नक्कली सुन बुझाउने मिदेश सकियाले महाशाखामा दिएको बयानमा चेक प्वाइन्टभन्दा अलिक अघि बढेर मात्र आफूहरूले प्रहरीलाई झोला बुझाएको बयान दिएका छन् ।

सकियाले बयानमा भनेका छन्, ‘म गाडीको अगाडि सिटमा थिएँ । पछाडि सञ्जय पटेल थियो । चालक राजु भन्ने थिए । प्रहरीले पिछा गरेको मलाई थाहा थिएन । मेरो साहुलाई  थाहा भएको हुुनुपर्छ’, उनले भने, ‘हामीलाई यो झोला दिएर तिमीहरू पब्लिक गाडीमा आउनू भने । गाडीबाट निस्किएर प्रहरीलाई झोला दिएर हामी भागेका हौँ ।’

प्रहरीले हेरेको सीसीटीभी फुटेजमा पनि यसअघि प्रहरीले बताएको घटनास्थल कमलादीमा देखिएको छैन ।

तस्करीको सुन र चाँदी प्रहरीलाई बुझाएर भागेका तीनै जना थानकोटबाट ट्याक्सी चढेर भैरहवा पुगेकाे खुलेको छ । उनीहरूले सुरुमा ट्याक्सी चालकलाई मनकामना दर्शन गर्न जाने बताएका थिए । मनकामना पुगेपछि उनीहरूले चालकलाई चितवन जान भने ।

चितवन पुगेपछि भने उनीहरूले ट्याक्सी चालकलाई ७ हजार ५ सय रुपैयाँ थप रकम दिने सर्तमा भैरहवा लगेका थिए । तस्करले प्रयोग गरेको उक्त ट्याक्सी ग्रान्डी अस्पतालमा एक जना बिरामी छाडेर थानकोटतर्फ जाँदै गरेको अभियुक्तले बयानमा उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook