• होमपेज
  • कांग्रेसमा महाधिवेशन राजनीति : देउवा शक्ति आर्जनको होडमा, इतर समूह हुन सकेनन् एकजुट
Breaking News

कांग्रेसमा महाधिवेशन राजनीति : देउवा शक्ति आर्जनको होडमा, इतर समूह हुन सकेनन् एकजुट

भ्रातृ संगठन विस्तारमा देउवाको जोड

महाधिवेशनको मिति आउन ७ महिना बाँकी रहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संगठन विस्तारमा कस्सिएर लागेका छन् । पहिले संस्थापनइतरले संगठन विस्तार नगरेको आरोप लगाउने गरेका थिए भने अहिले महाधिवेशन प्रभावित गर्ने गरी संगठन विस्तार गरेको आरोप लगाएका छन् ।

विशेष गरी ५ साउनमा विस्तार गरिएको महिला विभाग, १० साउनमा पार्टीका पुराना ३ नेतालाई अनुशासन उल्लंघनको आरोपमा गरिएको कारबाही र १४ साउनमा गठन गरिएको ज्येष्ठ राजनीतिज्ञ सभाले कांग्रेसभित्र निर्वाचन स्वार्थ केन्द्रित गतिविधि र प्रतिक्रिया भइरहेको संस्थापनइतरको तर्क छ ।

विज्ञापन

केन्द्रीय सदस्य भीष्मराज आङ्दाम्वे संयोजक रहेको अनुशासन समितिले कांग्रेस पुराना नेता गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई निर्वाचनमा असहयोग गरेको तथा वागी उम्मेदवार उठेको आरोप लगाउँदै पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ  । पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कांग्रेस सभापति पत्नी डा. आरजु राणाका क्षेत्रका ३ नेतालाई पार्टी अनुशासन समितिले कारबाही गरेको हो ।

यस विषयमा पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, वर्तमान महामन्त्री डा. शंशाक कोइराला, नेता शेखर कोइरालाललगयताले पूर्ण असन्तुष्टि जनाएका छन् । त्यस्तै, वरिष्ठ नेता पौडेलले भने जोशीलाई ढिला गरी कारबाही गरिएकोमा र ओझालाई शंकाका भरमा कारबाही गरेकोमा असन्तुष्टि जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook