• होमपेज
  • पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको इजलासमा
पत्रपत्रिका

पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको इजलासमा

काठमाडौं- पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज सुनुवाइ शुरु भएको छ ।

यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित पूर्ण इजलाशमा सुनुवाइ शुरु भएको हो ।

विज्ञापन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गरेपछि यो विषय विवादित बनेको छ ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तर, जबरा र केसीले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि यसको चौतर्फी विवाद भइरहेको छ । सर्वोच्चको फैसलाअनुसार साउन ८ मा कोइराला रिहा भइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook