• होमपेज
  • बितेको २४ घण्टामा नेपालमा १८६ जना कोरोना संक्रमित थपिए
समाचार

बितेको २४ घण्टामा नेपालमा १८६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, साउन ५- बितेको २४ घण्टामा नेपालमा थप १८६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए ।

विज्ञापन

पछिल्लो २४ घण्टामा चार हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने थप १७३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि गौतमले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook