• होमपेज
  • दुई घण्टादेखि बालुवाटारमा ओली र प्रचण्डको छलफल
Breaking News

दुई घण्टादेखि बालुवाटारमा ओली र प्रचण्डको छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि बालुवाटारमा दुई अध्यक्ष दुई घण्टादेखि छलफलमा छन्।

आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्म स्थगित भएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको हो। बालुवाटार स्रोतका अनुसार सवा ४ बजेदेखि सुरु भएको दुई अध्यक्षको छलफल अझै जारी छ।

विज्ञापन

आइतबार बिहान मात्र आफ्नै निवास खुमलटारमा शनिबारको सचिवालय बैठकको विषयमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायत आफ्नो गुटका नेतालाई प्रचण्डले स्पष्टिकरण दिएका थिए।

बालुवाटार स्रोतका अनुसार स्थायी समिति बैठक दुई दिनसम्म स्थगित भएपछि अध्यक्षद्वय छलफलमा जुटेका हुन्। शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावमा प्रचण्डले सहमति जनाएको भन्दै माधव नेपाल समूहले असहमति जनाएको छ। अहिलेको छलफल सोही विषयमा केन्द्रित भएको स्रोतका दाबी छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook