• होमपेज
  • पर्वतका रेग्मीको पोर्तुगलमा निधन
गण्डकी प्रदेश

पर्वतका रेग्मीको पोर्तुगलमा निधन

लिस्वन , साउन ५ । पर्वत घर भै पोर्तुगलमा कार्यरत एक नेपालीको निधन भएको छ । लुङ्गेरिया बस्दै आएका पर्वतका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो ।

गैरआवासीय नेपाली संघ एनआरएनए०, राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेका अनुसार रेग्मीको हृदयघातका कारण निधन भएको हो । ४२ वर्षीय रेग्मी विगत पाँच वर्षदेखि पोर्तुगल बस्दै आएका थिए । रेग्मीको घर पर्वतको कुन ठाउँ हो अहिले सम्म खुलेको छैन ।

विज्ञापन

‘घरबाट एम्बुलेन्सले उदिमेरा अस्पतालका पुर्‍याइएका अचेत रेग्मीलाई चिकित्सकले निधन भएको पुष्टि गरेका थिए । नेपालमा उनको श्रीमतीसहित १२ वर्षीय छोरा र ७ वर्षीय छोरी रहेका छन् । श्रीमतीसहित छोरा छोरीको भिसा लागिसकेकोमा कोरोनाका कारण पोर्तुगल आउन पाएका छैनन् ।

अध्यक्ष गैरेले नेपालमा मृतकका परिवारसँग घटनाबारे जानकारी गराइसकेका छन् । उनको अन्तिम संस्कारबारे टुङ्गो लागिसकेको छैन । यद्यपि कोरोना महामारीका कारण पार्थीव शरीर नेपाल पठाउन अवस्था प्रतिकूल रहेको छ । पोर्तुगलमा २०१० यता ३८ नेपालीले ज्यान गुमाइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook