अर्थ/वाणिज्य

आन्तरिक उडान खुल्ने

काठमाडौं – आन्तरिक उडान सञ्चालन हुने तयारी सुरु भएको छ । कोभिड–१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी तयारी भइरहेको हो ।

बुद्ध एयरले आफ्नो सुरक्षित व्यावसायिक उडानको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ । कम्पनीका तर्फबाट कोभिड महामारीबाट सुरक्षित रहेर हवाई यात्राका लागि सम्पूर्ण तयारी पूरा गरेको बुद्ध एयरले यात्रुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाइदिए सुरक्षित यात्राको सुनिश्चितता हुने जनाएको छ ।

विज्ञापन

प्राधिकरणको कार्यविधिका साथै विश्व स्वास्थ्य सङ्गठन र आयोगको मार्गनिर्देशको अलावा जहाज निर्माता कम्पनीको मापदण्डका आधारमा ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योरु बनाइएको कम्पनीका एक कर्मचारीले बताएका छन् । यो मापदण्ड विमानका कर्मचारी तथा यात्रुलाई लागू हुनेछ।

त्यसैका आधारमा विभिन्न तालिम, पिपिइ, केमिकल, सानातिना उपकरणको जोहो गरिसकिएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीले गत जुन ११ र २५ मा अभ्यास उडान ‘डेमो’ उडान गरेको छ। अहिले पनि कम्पनीले सानो–सानो समूह बनाएर अभ्यास उडान गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook