• होमपेज
  • सरकारले वैदेशिक रोजगारी खुल्ला गरेलगत्तै विदेशिए १८ सय नेपाली
द्रुत खबर बिशेष

सरकारले वैदेशिक रोजगारी खुल्ला गरेलगत्तै विदेशिए १८ सय नेपाली

सरकारले तीन महिना बन्द गरेर खुल्ला गरेपछि १८ सय नेपाली रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्।

सरकारले असार १८ गतेदेखि वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो। नयाँले जान नपाउने भएपनि यसअघि गएर आएकालाई पुनः श्रम स्वीकृति दिन थालिएको हो।

विज्ञापन

सरकारले खुल्ला गरेपछि एक सय ९६ महिला र बाँकी पुरुषले श्रम स्वीकृति लिएका विभागले जनाएको छ। सबैभन्दा धेरै युएई गएका छन्। शुक्रबारसम्म युएईका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ८ सय ३१ पुगेको छ।

२०० जना कतार, १६८ जना मलेसिया, २८३ जना जापान र ५७ जना कुवेत गएका छन्। अहिलेसम्म युवाहरुले २८ देशका लागि पुनः श्रम स्वीकृति लिएका छन्।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook