• होमपेज
  • पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छः प्रधानमन्त्री ओली
Breaking News

पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्र हुने बहस र विवाद आन्तरिक भएको बताएका छन्।

शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद निष्कर्षमा पु¥याउने दायित्व राजनीतिक दल र नेताहरुकै भएको उल्लेख गरेका छन्।

विज्ञापन

“पार्टीभित्र यस्ता छलफल, बहस र विमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियिमत प्रक्रिया हुन्”, प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले विवादहरु नेताहरुको आपसी छलफलबाटै सुल्झाउने पनि संस्मरण गराएका छन्।

प्रधानमन्त्री ओलीले यसका लागि धैर्यता र संयम आवश्यक रहेको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै देशभर भइरहेको बाढी पहिरोको प्रकोपमा उद्धार र कोभिड–१९ महामारी नियन्त्रणमा भइरहेको प्रसायबारे पनि जानकारी गराएका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook