• होमपेज
  • वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो
Breaking News

वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो

बिहीबार देखिको अविरल वर्षात्का कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ ।
पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरका अनुसार धौलागिरी गाउँपालिकाको मराङमा १० जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको खबर छ ।
त्यसैगरी धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् । त्यस्तै मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएको सूचना प्राप्त भएको डिएसपी कुँबरले बताउनुभयो । उहाँका अनुसार घटनास्थल तर्फ प्रहरी टोली परिचालन भएको भए पनि पुगि नसकेकोले एकिन पुष्टि हुन बाँकी छ ।
त्यस्तै बेनी जोमसोम सडक खण्डको गलेश्वर स्थीत राहुघाट नदिमाथिको बेलीब्रीज राहुघाट नदिले बगाएको छ । वर्षात् पछि उर्लेर आएको नदिले बेलीब्रीज बगाएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो ।
अविरल वर्षात्का कारणले गर्दा सञ्चारको माध्यमले समेत राम्रो सँग काम गर्न नसकेकोले थप विवरणहरु आउन कठिन रहेको र सबै क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरि विवरण संकलन र उद्धारमा खटिएको डिएसपी कुँबरले बताउनुभयो ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook