• होमपेज
  • म्याग्दीमा पहिरोले पुरिएर ९ वेपत्ता, गलेश्वरको पक्की पुल बग्यो
गण्डकी प्रदेश

म्याग्दीमा पहिरोले पुरिएर ९ वेपत्ता, गलेश्वरको पक्की पुल बग्यो

म्याग्दी

लगातारको वर्षासँगै म्याग्दीको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार ९ जना बेपत्ता भएका छन् । ५ वटा घर पहिरोले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा ७ जना बेपत्ता भएका छन् ।

विज्ञापन

घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।
उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा ३ जना थिए । धनबहादुर भने घाइते भएर निस्केको वडा सदस्य लोकबहादुर पुनले जानकारी दिए ।

भिरालो पाखोमा रहेको घन्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयबासी समेत रहेका वडा सदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् ।
यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउदा २ जना वेपत्ता भएका स्थानीय थमन जुग्जालीले बताए । उक्त पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पु¥याएको छ । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ ।

बीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसहरुले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा १ जना घाइते भएका छन् । बेवक्ता भएकाको उद्धारको लागि प्रहरीको २ टोली घटना स्थलमा जार्दै छ । मौसब केही खुलेमा हेली मार्फत उद्धारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । उनका अनुसार अझै केही दिन अविरल बर्षा हुने पुर्वअनुमान गरिएसँगै म्याग्दीमा हुने विपत परेमा उद्धारको लागि टोली तयारी आवश्यक तयारी गरिएको छ ।

त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ ।मोटरेबल पुल नजिकै रहेको झोलुङ्गे पुल समेत बगाउने अबस्थामा रहेको छ ।

पुल नजिकैको २० घर परिवारलाई रघुगंगा गाउँपालिकाले राहतको
व्यवस्था गर्ने जनाएको छ । विस्तापित हुने अवस्थाका २० घरपरिवारको लागि तत्काल गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट सहयोग गरिने गाउँपालिका अध्यक्ष भबबहादुर भडारीले बताए ।

अविरल वर्षाले म्याग्दीका विभिन्न ग्रामिण सडक समेत अवरुद्ध गरेको छ । भने दजनौँ बस्ती जोखिममा छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook