• होमपेज
  • लकडाउनमा रोकिएको काम सुचारु गर्ने तयारी
पत्रपत्रिका

लकडाउनमा रोकिएको काम सुचारु गर्ने तयारी

सिमकोट- राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको काम सुचारु गर्ने तयारी सुरु भएको छ।

कोरोना संक्रमणका कारण तीब्र रुपमा भइरहेको करिडोरको निर्माण कार्य बन्दाबन्दी सुरु भएपछि रोकिएको अबस्थामा निर्धारित समयमा काम सम्पन्न गर्न नेपाली सेनाले काम अगाडी बढाउने तयारी गरेको हो।

विज्ञापन

दु्रतगतिमा काम अगाडी बढी रहेको बेला कर्णाली करिडोरको तीन हप्ता भन्दाबढी समय बन्दाबन्दीका कारण रोकिएको कामलाई नेपाली सेनाको बिकास निर्माण दलले सुचारु गर्ने तयारी सुरु गरेको खुलालु लैफु कवाडी हुदै सलिसल्ला सडक निर्माण दलका आयोजना प्रमुख मेजर इन्जिनीयर मिलन कार्कीले बताए।

यसअघि उक्त खण्डमा तीन सय भन्दाबढी नेपाली सेना र अन्य कामदारले काम गर्दै आएका थिए। उक्त खण्डको १२३ किलो मिटर सेनाले निर्माणको जिम्मा पाएकोमा बन्दाबन्दी अगाडीसम्म ११५ दशमलव एक किलोमिटर सडकको प्रारम्भिक ट्याक खोल्ने कार्य पूरा भएको छ।

आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सेनाले सडककोे निर्माण कार्य सम्पन्न गर्ने लक्षलाई हालको कोरोना भाईरस संक्रमणको त्रासदीले देशमा जारी बन्दाबन्दीको प्रभाब पर्ने देखिपछि नेपाली सेनाको जंगी अठ्डा निर्माण कार्य अगाडि बढाउने तयारीमा रहेको हो।

निर्माणका बेला संक्रमणबाट बच्नका लागि सेनाले निगरानी र साबधानी भने अपनाउने छ । सेनाको जिम्माको काम अब सात दशमलव नौ किलो मिटर मात्र बाँकी छ। त्यसपछि सो खण्डमा सेनाले स्तरोन्नतीको काम पनि गर्नेछ।

यसलाई निर्धारित समयमा पुरा गर्न पनि सेनाका काम अगाडी बढाउने तयारी गरेको हो । यो काम तत्काल अगाडी बढाउन पाए असार मसान्तसम्म सलीसल्लाका ट्याक खुलाउने कार्य पूरा गर्ने उनले बताए। अहिलेको बन्दाबन्दीमा पनि निर्माण स्थलमै रहेका मेजर इन्जिनीयर कार्कीले बाँकी भनिएको बालुकुना गौडादेखि सलीसल्लासम्मको खण्ड भएको बताए।

उनका अनुसार बाँकी खण्डको पनि सर्केगार्ड गाउँपालिका वडा नम्बर १ को खच्चादेखि नेरघाटसम्मको तीन किलो मिटरमा पनि गाडी गुड्ने सडक निर्माण भएको छ। हुम्लाको कवाडीदेखि बालुकुना गौडासम्म इन्धन लोड भएका सेनाको गाडी आई सकेको छन्। अन्य बाँकी खण्डमा पनि बिष्फोट गर्ने, गाह्रो लगाउने, ग्याबीन भर्ने काम जारी रहेको थियो।

जंगी अड्डाले मन्त्रालयसँग काम अगाडि बढाउने प्रकृया सुरु गरेसँगै निर्माण स्थलमा कामदार ल्याउनु पर्ने हुन्छ। त्यसका लागि निर्माण स्थलमा खटिएको निर्माण दलले स्थानीय सरकारहरुसंग समन्वय गर्ने तयारी पनि गरि रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook