• होमपेज
  • एनसेलले टुंगो लगायो करको विवाद, ४७ अर्ब तिर्यो
Breaking News

एनसेलले टुंगो लगायो करको विवाद, ४७ अर्ब तिर्यो

चैत्र ३०, काठमाडौँ | युरोपेली कम्पनी टेलियासोनेराले एक्जियटालाई एनसेलको सेयर स्वामित्व हस्तान्तरण गर्दा पुँजीगत लाभकर तिर्न बाँकी थियो । लामो रस्साकस्सी पछि विवाद सर्वोच्च अदालत पुग्यो । अदालतले अन्तिम सुनुवाई गर्दै गत मंसिर ५ गते कर विवाद टुंगो लगायो । त्यसकै आधारमा ठूला करदाता कार्यालयले अदालतको फैसला अनुरुप मंसिर १९ गते एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९५५ रुपैयाँ तिर्नुपर्ने गरी कर निर्धारण गरेको थियो ।

विवादकै बीच आंशिक रुपमा लाभकर तिर्दै आएको एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर बुझाएर यो प्रकरणको अन्त्य गरेको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले योसँगै कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ बुझाएको छ । अब एनसेलले सरकारलाई नियमित कर र रोयल्टीमात्र बुझाउने छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook