• होमपेज
  • लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री
Breaking News

लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री

२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।

सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’

विज्ञापन

उनले लकडाउन तत्काल अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताए ।

सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै उनले नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।

भिडियो कन्फरेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआˆनो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराए |

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook