• होमपेज
  • रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु
Breaking News

रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु

कोरोना संका

चैत,२६,

रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना वृद्धाको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको र रगतमा ईन्फेक्सन भएको थियो । मृतकको नाम भने खुलाएको छैन ।
ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्यार रतग चेकजाँच गर्न साथ उनको ११ : ४५ बजे मृत्यु भएको उपचारमासंलग्न तामाकोसी अस्पतालकी अनमी हितमायाँ बुढाथोकीले जानकारी दिनुभयो ।
६७ वर्षीय वृद्धा मन्थली नगरपालिका ११ गेलु निवासी रहेका छन् । मृतक ब्यक्तीको स्ल्याब परिक्षणको लागि धुलिखेल पठाईएको छ । रिपोट दिउँसो २ बजे सम्म आउने र त्यसपछी घटना बारे जानकारी हुने अस्पतालका प्रमुख डा. सुमन कमचार्यले बताउनुभयो ।
मृतकको प्रकृती हेर्दा कोरोनाको लक्षणसग मिल्दोजुल्दो रहेको आशंका गरिएको छ –अनमी बुढाथोकीले भन्नुभयो ।
मृतको शव मन्थली प्रथामिक स्वास्थ्य केन्द्र लगिएको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook