• होमपेज
  • राहत बाँड्ने फारम भर्न पैसा लिएको स्पष्टीकरण माग्दा प्रहरीद्वारा पिटिए मजदुर र बालक
Breaking News

राहत बाँड्ने फारम भर्न पैसा लिएको स्पष्टीकरण माग्दा प्रहरीद्वारा पिटिए मजदुर र बालक

चैत्र २६ , काठमाडौँ | लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाइ राहत बाँड्ने नाउँमा  कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुर संग फर्म भर्न पैसा लाग्छ भन्दै २० रुपैयाको दरले पैसा उठाएको कुरामा स्थानीयले जवाफ माग्दा दुइ पक्ष बीच झडप हुदा  प्रहरीद्वारा बिरामी मजदुरलाई र ६ बर्षीय बालक कुटिएका छन | भने वडाका प्रतीधिहरु समाजसेवी टोल सुधार समितिका व्यक्तिहरु कतै देखिएका छैनन् |

सरकारले राहत बाँड्ने भनि वडाका जनप्रतिनिधिहरुलाई जिम्मा दिएकोमा स्थानीय समाजसेवी भनेर देबी दिदि नामले चिनिने र साथीहरुले हरेक भाडावलासंग पैसा उठाएको ठहर छ। नाम संकलन गर्ने क्रममा पैसा लाग्छ भन्दै बिना नियम आफ्नै निर्णयमा कम्तिमा रु.२० देखी १८० रुपैया सम्म उठाएको स्थानीय मजदुर सोमा तामाङले बताएकी छिन। यस बिषयमा मजदुरहरुले स्थानीयले बुद्ध चोक टोल सुधार समितिका अध्यक्ष माईला तामाङलाई भन्दा समेत उल्टो “तिमीहरुको बाउको सम्पति हो” भन्दै धम्कि दिएर अपशब्द बोलेको मजदुर राजेन्द्र ज्योतिले हिजो जुनेली न्युजलाई बताएका थिए भने आज दुइ पक्ष बीच झडप नै भएको छ |

विज्ञापन

उक्त कुरामा स्थानीय भाडावला मजदुर बिपन्न वर्ग सहित गरि १५० भन्दा बढी व्यक्तिहरु, हामीलाई राहात चाहिँदैन, हाम्रो फाराम शुल्क भनि लगिएको रु.२० रुपैया फिर्ता गर! भनि बिरोधको आन्दोलनामा उत्रिदा पैसा उठाउने महिला समाजसेवी देबी भनिने व्यक्ति हिजो जुनेली न्युजको क्यामाराबाट भागेकी थिइन् भने प्रहरीलाई समेत सुरक्षाको लागि बोलाइएको थियो।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook