• होमपेज
  • कोरोना संक्रमित भेटिएपछी, सुदूरपश्चिम प्रदेश सरकार झन् सतर्क
Breaking News

कोरोना संक्रमित भेटिएपछी, सुदूरपश्चिम प्रदेश सरकार झन् सतर्क

कोरोना भाइरसको संक्रमणको जोखिम सुदूरपश्चिम प्रदेश पनि उत्तीकै छ । भारतसँगको सीमा नाकाबाट अत्यधिक नेपाली नेपाल भित्रिएको र दुबईबाट आएका कैलालीकै एक युवामा कोरानाको संक्रमण पनि देखिएपछि सुदूरपश्चिम सरकार सचेत भन्दै जोखिम न्यूनीकरणका कार्यमा सक्रिय बनेको छ ।

यस्तो विषम परिस्थितिमा सुदूरपश्चिम सरकारले उपलव्ध स्रोतसाधन प्रयोग गरी नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट वचाउन लागिपरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वताए । संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा भारतबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राखेर सतर्कता अपनाइएको उनले बताए ।

विज्ञापन

सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लामा कोरेन्टाइन निर्माण भइरहेको छ भने स्वास्थ्य सुरक्षाको सन्दर्भमा अन्य व्यवस्थापनमा पनि कुनै कसर बाँकी नराखेको मुख्यमन्त्री भट्टले बताए । ‘भारतवाट आएका नेपालीको डाटालिने काम देखि उनीहरुको स्वास्थ्य स्थितिका विषयमा जानकारी लिएरहेका छौं’, भट्टले भने, ‘कोरोना भाइरसको परीक्षण गर्ने उपकरण पनि २ दिनभित्र सेती प्रादेशिक अस्पतालमा आइपुग्छ ।’

यो महाविपत्तिलाई रोकथामका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकार डटेर लागिपरेको बताउँदै उनले भने, ‘यो घडीमा सवैको सहकार्य अपरिहार्य छ । हाम्रो तर्फबाट क्वारेनटाइनको व्यवस्थापनमा कुनै गरिएको छैन ।’

सुदूपश्चिमका ९ वटै जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयले सूचना डेस्क स्थापना गरी भारतबाट आएका नेपालीको लगत संकलन गर्ने काम गरिरहेको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय कन्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भारतवाट गड्डाचौकी नाका हुँदै एक लाख नेपाली आएको जानकारी दिए ।

उनीहरुलाई सम्बिन्धत जिल्ला पठाइ स्थानीय तहले व्यवस्थापन गरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook