• होमपेज
  • कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप
अर्थ/वाणिज्य

कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप

उद्योग वाणिज्यसंघ रामेछाप

चैत्र,११,
रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले कोरोना भाइरसबाट जोगिनको लागि नेपाल सरकार, जिल्ला प्रशासन, नेपाल उद्योग वाणिज्य महासंघबाट जारी भएका विभिन्न सूचनालाई पूर्ण रुपमा पालना गरी सहयोग गर्न आग्रह गरेको छ ।

संघले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेको हो ।
सरकारले मंगलबार देखि देशलाई लकडाउन गरेसँगै रामेछाप उद्योग वाणिज्य संघले उद्योगी व्यवसायी र आम उपभोक्तालाई लकडाउनका बेला विभिन्न पाँच कुरामा ध्यान दिन आग्रह गर्दै सूचना पत्र मार्फत अनुरोध गरेको छ ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे र महासचिब नवराज ढुंगेदद्वारा हस्तक्षरित सूचनामा संघबाट प्रवाह हुने सेवा समेत २१ गते सम्मका लागि बन्द हुने जानकारी गराईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook