द्रुत खबर बिशेष

लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे
लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बाेलाइएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बाेलाएकाे हो । बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् । […]

  • ४ years अगाडि
मन्त्रिपरिषद्‍द्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज
मन्त्रिपरिषद्‍द्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।

  • ४ years अगाडि
डा. जागेश्वर गौतमको सरुवा : राज्य मन्त्रीले सरुवा गरे, प्रधानमन्त्रीले रोके
डा. जागेश्वर गौतमको सरुवा : राज्य मन्त्रीले सरुवा गरे, प्रधानमन्त्रीले रोके

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी […]

  • ४ years अगाडि
कोरोना संक्रमण बढ्यो, बिरामीले फेरि भरिन थाले अस्पतालका बेड
कोरोना संक्रमण बढ्यो, बिरामीले फेरि भरिन थाले अस्पतालका बेड

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर बढेको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालका बेडहरू बिरामीले भरिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा पछिल्लो एक सातायता कोरोना संक्रमित भर्ना हुने संख्या क्रमशः बढिरहेको छ । नेपालमा आइतबार थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

  • ४ years अगाडि
पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई हुँदै, को छ इजलासमा ?
पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई हुँदै, को छ इजलासमा ?

काठमाडौँ । नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई  तोकेको हो । यसअघि उनीहरुको रिट हेर्न नभ्याउने सूचीमा राखिएको थियो । माओवादी छोडेर एमालेमा प्रवेश गरेका टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभु साहले सांसद […]

  • ४ years अगाडि
नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू
नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन गठित १० बुँदेका आधारमा अब एकता हुन नसक्ने दोहर्‍याएका छन् । शनिबार साँझ भेट्न आएका आफू पक्षीय वार्ता टोलीका नेताहरूलाई नेपालले १० बुँदेका आधारमा सहमति गर्ने कुरा नगर्न चेतावनी दिएका छन् । उनलाई भेट्न कार्यदलमा रहेका उप-महासचिव घनश्याम भुसाल, गोकर्ण विष्टसहितका नेताहरूलाई नेता नेपालले यो विषय […]

  • ४ years अगाडि
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल

पर्वत/गण्डकी प्रदेश पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणीभद्र शर्मा कँडेलले महामारिको बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून अनुसार कारवाही गर्ने बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री कँडेलले कृत्रिम अभव सिर्जना गरि कालोबजारी नगर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिमा सरकारलाई सबैले […]

  • ४ years अगाडि
आयाेगकाे निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा
आयाेगकाे निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ । आयोग र जसपा अध्यक्ष यादवलाई विपक्षी बनाएर ठाकुरले निवेदन दिनुभएको हो । निवेदनमा जसपाको आधिकारिकता यादवलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ । साथै ठाकुरले रिट निवेदनको अन्तिम टुङ्गो […]

  • ४ years अगाडि
चैतभित्र सबै नागरिकलाई खाेप लगाइन्छ : स्वास्थ्य मन्त्रालय
चैतभित्र सबै नागरिकलाई खाेप लगाइन्छ : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराउनुभएको हो । प्रवक्ता पौडेलले चिनियाँ कम्पनी […]

  • ४ years अगाडि
नेपाल शिक्षक महासंघ आन्दोलित
नेपाल शिक्षक महासंघ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ। सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष ०७८/८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासंघसँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षक महासंघ चौथो चरणको आन्दोलनमा उत्रिएको हो। महासंघले शुक्रवार सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन गरेको छ। राजधानी […]

  • ४ years अगाडि
देउवालाई मत दिएका माधव पक्षका २२ सांसद छलफलमा
देउवालाई मत दिएका माधव पक्षका २२ सांसद छलफलमा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सांसदहरू आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद आन्तरिक छलफलमा जुटेका हुन्। सरकारलाई तत्कालै पूर्णता दिने गठबन्धनमा सहमति बनेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउनको लागि छलफलमा गरेका हुन्। आज भएको गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभए पनि विजय पौडेललाई प्रतिनिधि पठाएका […]

  • ४ years अगाडि
कोरियाली राजदूतलाई अर्थमन्त्रीको प्रश्नः ईपीएस पास भएकाहरू कहिले कोरिया जान पाउँछन्?
कोरियाली राजदूतलाई अर्थमन्त्रीको प्रश्नः ईपीएस पास भएकाहरू कहिले कोरिया जान पाउँछन्?

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गरेका छन्। भेटमा अर्थमन्त्री शर्माले ईपीएस भाषा परीक्षा पास भाएर कोरिया जान नपाएकाहरूलाई लैजाने प्रक्रिया थाल्न आग्रह गरेको शर्माको सचिवालयले जनाएको छ। बुधबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे। […]

  • ४ years अगाडि