द्रुत खबर बिशेष

माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट
माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भएको वार्तामा राष्ट्रपति निर्वाचन, भावी रणनीतीका विषयमा छलफल भएको थियो। बैठकमा प्रचण्डले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्ने विषयमा छलफल भएको छ।

  • २ years अगाडि
सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड
सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको बताएका छन्। राससको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको बताएका हुन्। ‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः […]

  • २ years अगाडि
प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री : कांग्रेस महामन्त्री शर्मा
प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री : कांग्रेस महामन्त्री शर्मा

महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरेका हुन्। वीरेन्द्रनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रपति पदमा कांग्रेसकै नेतृत्व हुने दावी गरेका छन्। आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरेका हुन्। निर्वाचनका समयमा रहेको […]

  • २ years अगाडि
एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्छ : ओली
एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्छ : ओली

पुर्वप्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति एमालेकै हुन्छ। अहिलेको सत्ता समीकरणको जन्मकुण्डलीमै त्यसबारे स्पष्ट व्याख्या गरिएको छ।’ विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेको उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका हुन्। नेकपा एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण निर्माण […]

  • २ years अगाडि
अक्षयकोष संकलनका लागि दक्षिण कोरियामा छक्कापन्जा ४ प्रदर्शन हुने
अक्षयकोष संकलनका लागि दक्षिण कोरियामा छक्कापन्जा ४ प्रदर्शन हुने

कमला केसी/दक्षिण कोरिया । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आवद्व राप्तीबासी तथा नेपालीहरू बिच आपसी सहयोग, समझदारी, सद्भावका लागी  र अफ्ट्यारो परिस्थितिमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ राप्ती अक्षयकोष निर्माण गरिने भएको छ । कोष स्थापनाका लागि यहि आउँदो मार्च १२ तारिख आइतवारका दिन  नेपाली कथानक चलचित्र छक्कापञ्जा ४  प्रदर्शन गर्ने भएको छ  । बिशुद्ध […]

  • २ years अगाडि
लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’
लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ। लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको सांसद पद बदर भएको थियो। […]

  • २ years अगाडि
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका […]

  • २ years अगाडि
राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल
राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद नेकपा एमालेलाई कुनै पनि हालतमा दिन नहुने बताएका छन् । उनले एमालेले राष्ट्रपतिको माग राख्नु सत्ता कब्जा गर्ने दाउ भएको बताएका छन् । सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्रले सोचविचार गर्नु पर्ने बताएका छन् । ‘सभामुख एमालेले पाइसकेको […]

  • २ years अगाडि
देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : शेखर कोइराला
देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखे । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले […]

  • २ years अगाडि
‘सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको हो’
‘सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको हो’

तानसेन: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको बताएका छन्। सत्ता साझेदार दलको समझदारी अनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बहस सुरु गरेको ज्ञवालीले बताए। प्रेस चौतारी नेपाल पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारको […]

  • २ years अगाडि
गृहमन्त्रालयको जिम्मेवारी प्रचण्डलाई
गृहमन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं: रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा ग‌ृहमन्त्रालयको कार्यभार प्रचण्डलाई तोकिकएको जनाइएको छ।

  • २ years अगाडि
एसईई परीक्षा चैत १७ देखि (तालिकासहित)
एसईई परीक्षा चैत १७ देखि (तालिकासहित)

काठमाडौंः माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले परीक्षा तालिका सार्वजनिक गरेको हो। एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यसअघि बोर्डले माघ ९ गतेदेखि एसईई सञ्चालन गर्ने प्रस्ताव गरेको थियो। बोर्डको माघ ११ को निर्णय अनुसार २०७९ […]

  • २ years अगाडि