काठमाडौं- नेकपा (एमाले)को एकता जोगाउन भनेर गठन गरिएको कार्यदलको चार दिनदेखि जारी औपचारिक बैठकले ‘सहमति गर्ने’ सहमति गरेको छ। तर, सहमतिको मस्यौदा बनाइरहँदा कार्यदलभित्र मुख्य दुई बुँदालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा भने अन्योल कायम छ। यहीकारण बिहीबार बिहान बसेको कार्यदल बैठक ‘थप गृहकार्य गर्न’ साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ। बुधबार राति काठमाडौंको मेरियट […]