काठमाण्डाै – सरकारले १० वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शनिवार सूचना निकालेर ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबै नागरिकलाई खोप लगाउने जानकारी दिएको हो । यस्तै काभ्रे र चितवनमा […]
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आठ जनालाई माफी र पाँच सय २३ कैदीकाे कैद कट्टा गर्नुभएकाे छ । आज शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएकाे छ । त्यस्तै हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ, बागलुङ क्षेत्र नं १ को क्षेत्रीय अध्यक्षमा सीता छन्त्याल चुनिएकी छिन् । शनिबार सम्पन्न अखिल नेपाल महिला संघको भेलाले छन्त्यालको नृतृत्वमा ३५ सदस्यीय अखिल नेपाल महिला संघ क्षेत्र न. १ को क्षेत्रीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा पुष्पा शर्मा, सचिवमा नितु खड्का, […]
पर्वत । अविरल बर्षात पछिको पहिरो जाँदा पर्वत जिल्लामा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण अवरुद्ध विद्युत सेवा र इन्टरनेट सेवा जिल्लामा ३ पछि मात्र सुचारु भएको छ । पर्वतको विभिन्न स्थानमा गत शुक्रबार राती गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको हो । पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा […]
आइतवार एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले नेतृत्वको कार्यशैलीप्रति मतभेद रहेपनि आफू एमालेमै रहेको धारणा सचिवालयमार्फत सार्वजनिक गर्न लगाए । कहिले यता त कहिले उताको पक्षमा धारणा सार्वजनिक गर्दै आएका गौतमले पछिल्लो पटक आफू ओली नेतृत्वको एमालेमै रहेको जनाउ दिएका हुन् । उनको सचिवालयले फेसबूकमा लेखेको छ – ‘आजकल केही दिनदेखि विभिन्न पत्र पत्रिका र सामाजिक […]
नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । मन्त्री छान्नका लागि नेपालले सोमबार बिहानका लागि बैठक बोलाएका हुन् । बैठक नेपालकै निवास वा पार्टी कार्यालयमध्ये एक ठाउँमा बस्ने बताइएको छ । नयाँ सरकार गठन भएको महिना दिनभन्दा लामो समय भइसक्दा पनि सरकार विस्तार हुन सकेको छैन । […]
काठमाडौं : अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले कम्तिमा १५ लाख युवालाई संगठित गर्न निर्देशन दिएका छन्। वाइसिएलको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले भने,‘१५ लाख युवालाई संगठनको सदस्य बनाउनुहोस्। तिनीहरुलाई संगठित मात्रै होइन रोजगारीसहित समाजवाद निर्माणको लक्ष्यमा लाग्नुहोस्।’ अब समाज निर्माण, उत्पादन वृद्धि, व्यापारघाटा घटाउने, भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा युवाहरुले प्रतिष्पर्धा गर्नुपर्ने उनले […]
काठमाडौँ — नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा गरे । आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना […]
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको छ । महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी […]
एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले यी दुई […]
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताएका छन् । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन्, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’ शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले […]
काठमाडौं- प्रस्तावित नेकपा (एकीकृत समाजवादी)लाई ऐतिहासिक नेपाल कम्युनिस्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी संस्थाका रूपमा प्रस्तुत गरिएको छ। सोमबारदेखि चन्द्रागिरिमा जारी सो पक्षको भेलामा वितरित घोषणापत्रमा पार्टी गठनको ऐतिहासिक आधार प्रस्तुत गर्ने प्रयत्न गरिएको छ। ‘नेपाल कम्युनिष्ट पार्टीले आफ्ना लक्ष्य, उद्देश्य प्राप्त गर्ने ध्येयमा अगाडि बढ्ने क्रममा संघर्षका शान्तिपूर्ण र सशस्त्र दुवै रूपहरू अवलम्वन गर्दै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको […]