• होमपेज
  • पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश
द्रुत खबर बिशेष

पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं : सिन्धुपाल्चोकका एमाले नेता सुभाष कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बुधवार रोयल जडिबुटी व्याङ्क्वेटमा कर्माचार्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

पूर्व सांसदसमेत रहेका कर्माचार्य पार्टी विभाजन हुँदा एमालेमै रहेका थिए। हालै सम्पन्न चितवन महाधिवेशनमा चित्त बुझ्दो स्थान नपाएपछि रुष्ट बनेका कर्माचार्यले केही समयअघि एमाले त्याग गरेको घोषणा गरेका थिए। नेपाल पक्षका नेता कर्माचार्यले हिजो पनि नेपाल आफ्नो नेता रहेको र अब पनि नेता भएको बताए।

विज्ञापन

‘माधव नेपाल हिजो पनि हाम्रो नेता हुनुहुन्थ्यो। आज पनि नेता ठानेर हामी लामबद्ध भएका छौ। समाजवादी पार्टी हाम्रो पार्टी हो,’ पार्टीमा प्रवेशपछि कर्माचार्यले भने।

एमाले अध्यक्ष केपी ओली सुध्रन्छन् कि भनेर आफू निकै समय पार्टीभित्रै बसेको उल्लेख गर्दै अब बस्ने स्थिति नरहेपछि एकीकृत समाजवादी रोजेको बताए। जिल्लाका प्रभावशाली नेताका रुपमा चिनिएका कर्माचार्यले सिन्धुपाल्चोकमा समाजवादीलाई सशक्त पार्टी बनाउने दृढतासमेत व्यक्त गरे। ‘हामी सिन्धुपाल्चोकमा हाम्रो पार्टीलाई जनस्तरसम्म पुर्‍याएर सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रण गरेका छौ,’ उनले भने।

एमालेमा ‘बा प्रवृत्ति’ बढेको र चितवन महाधिवेशनमा जनवादी काम नभएको उनको आरोप थियो। अब एमाले सिन्धुपाल्चोकमा ओलीको भ्रममा जकडिएर रहेका पक्ति विस्तारै स्खलित हुने दाबीसमेत सुभाषको रह्यो। ‘सिन्धुपाल्चोकमा केपी ओलीको भ्रमबाट जकडिएर रहेका पंक्ति बिस्तारै स्खलित हुनेछ,’ उनले भने।

२०५६ देखि २०६६ सालसम्म एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालिन नेकपा एमालेमा माधव नेपाल समूहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेमै बसेका थिए।

कर्माचार्यको नेतृत्वमा इश्वरी श्रेष्ठ, यज्ञ सापकोटा, सीता थापा, दिपक नेपाल, फइन्द्र तामाङ, हेमेश तामाङलगायत जिल्ला नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook