राजनीति

ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने
ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने

काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि मत्थर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद मत्थर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो। अदालतका फैसलापछि सम्पूर्ण […]

  • ४ years अगाडि
ओली २०७५ जेठ २ गते अघिको संरचनामा फर्कन सहमत भए एकता कायमै रहने
ओली २०७५ जेठ २ गते अघिको संरचनामा फर्कन सहमत भए एकता कायमै रहने

काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेपछि विवाद मोडिएको छ । आज बसेको स्थायी कमिटी बैठकले नेताहको कारबाही फुकुवा गरेपछि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आज वार्ता हुँदैछ । केही बेरमा हुने वार्तामा ओली २०७५ जेठ २ गते अघिको संरचनामा फर्कन सहमत नभए सांसदहरुले आजै राजीनामा दिने स्थायी […]

  • ४ years अगाडि
नेपाल समूहको निष्कर्ष : ओली जेठ २ मा फर्किए सहमति हुन्छ
नेपाल समूहको निष्कर्ष : ओली जेठ २ मा फर्किए सहमति हुन्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीका नेताहरुको बैठक सकिएको छ । भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको एक नेताले बताए । ‘हाम्रो माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा केपी ओली […]

  • ४ years अगाडि
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा […]

  • ४ years अगाडि
गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो
गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोर्चाका महासचिव मनोज भट्टले  थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद् सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिएका हुन् । सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि […]

  • ४ years अगाडि
कृष्ण थापा बिक्री भए, बिधान अनुसार कारवाही हुन्छ-चित्र बहादुर केसी
कृष्ण थापा बिक्री भए, बिधान अनुसार कारवाही हुन्छ-चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीकोतर्फबाट सांसद बनेका कृष्ण थापा बिकेको प्रतिक्रिया दिएका छन् । पार्टीको निर्देशन लत्याउँदै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिन थापाले अस्वीकार गरेसँगै केसीको यस्तो प्रतिक्रिया दिएका हुन् । ‘२०५१ सालदेखि हामीले, राष्ट्रिय जनमोर्चाले संसदमा भाग लियो, कुनैपनि सांसदले अहिलेजस्तो नालायक चरित्र देखाएकै थिएनन्’, उनले भने,‘ यिनीहरुको हविगत थाहा भयो, बिक्री भए […]

  • ४ years अगाडि
विश्वासको मत नदिनु पार्टीप्रतिको निष्ठाः माधवकुमार नेपाल (विज्ञप्तिसहित)
विश्वासको मत नदिनु पार्टीप्रतिको निष्ठाः माधवकुमार नेपाल (विज्ञप्तिसहित)

काठमाडौं। सोमबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदैगर्दा उनकै पार्टी एमालेका २८ जना सांसद पार्टीको ह्वीप उल्लंघन गर्दै अनुपस्थित भए। २०७५ सदस्यीय प्रतिनिधिसभामा १२१ सिट रहेको एमालेले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मा ९३ मत पायो। नेकपा एमालेमा समानान्तर गतिविधि गरिहेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएपछि संसदमा प्रधानमन्त्रीले राखेको प्रस्तावमा आफ्नै […]

  • ४ years अगाडि
नयाँ सरकार गठनको आह्वान गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आग्रह (वक्तव्य)
नयाँ सरकार गठनको आह्वान गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आग्रह (वक्तव्य)

काठमाडौं । विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को २ अनुसार प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेगरी […]

  • ४ years अगाडि
यी हुन् प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित हुने एमाले सांसद (सूचीसहित)
यी हुन् प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित हुने एमाले सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् । काठमाडौं । नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् । अनुपस्थित हुने सांसदहरू: १. योगेश भट्टराई २. झलनाथ खनाल ३. पवित्रा निरौला खरेल ४. भवानी खापुङ ५. जयकुमार राई […]

  • ४ years अगाडि
संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त
संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल […]

  • ४ years अगाडि
ओलीको धम्कीः संसद बचाउने भए विश्वासको मत दिनुहोस्
ओलीको धम्कीः संसद बचाउने भए विश्वासको मत दिनुहोस्

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटनको धम्की दिएका छन्। प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले संसद विघटनको चिन्ता गर्नेहरुले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्। उनले मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउन आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्। उनले भने, ‘संसद् विघटन फेरि होला […]

  • ४ years अगाडि
कसरी सामूहिक राजीनामा दिने अवस्थामा पुग्यो नेपाल समूह
कसरी सामूहिक राजीनामा दिने अवस्थामा पुग्यो नेपाल समूह

काठमाडौं : माधवकुमार नेपाल समूहका स्थायी समिति सदस्यहरूको ११ बजे बस्‍ने ‘भर्चुअल’ बैठकले राजीनामाको अन्तिम टुंगो लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अराजक दम्भ’ तोडने रणनीतिसहित नेपाल समूहका सांसदहरू राजीनामा दिन लागेका हुन् । ओलीले संसद्मा विश्वासको मत लिन असफल भएपछि विकल्पको सरकार निर्माणको बाटो प्रशस्त गर्न उनीहरूले राजीनामा दिन लागेका हुन् । नेपाल […]

  • ४ years अगाडि