काठमाडौँ: गृह मन्त्रालयले शुक्रबार विभिन्न १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयमा कार्यरत सहसचिव ढुंडी प्रसाद निरौला ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । यस्तै रामेछाप, पाँचथर, खोटाङ, महोत्तरी, भोजपुर, गुल्मी, डोल्पा, मुगु, उदयपुर, तेह्रथुम लगायत जिल्लाबाट सिडिओहरु सरुवा भएका हुन् । कसको कहाँ सरुवा भयो विस्तृतमा :
पर्वत – कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । लोकमार्गको पर्वत खण्डमा सडक स्तरोउन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन शुरु गरिएको हो । कोरोनाका कारण गएको चैत्रको दोस्रो साता देखि रोकिएको निर्माण कार्य असोजको दोस्रो साता देखि शुरु भएको थियो । स्तरउन्नतीको कामलाई तीब्र […]
काठमाडौं । सत्तारुढ नेकपाको विवाद शुक्रबार बस्ने सचिवालय बैठकले समाधान गर्ने अपेक्षा कार्यकर्ताहरुले गरेका छन् । लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल प्रचण्डबीचको टकरावका कारण नेकपा आन्तरिक विवादमा फस्दै आएको छ । पार्टी विभाजनको संघारमा पुगेका नेताहरुले बताइरहँदा सहमतिका प्रयास खोजेका शीर्ष नेताहरु शुक्रबार छलफलमा बस्दैछन् । लामो कसरत पश्चात अध्यक्ष ओलीको सहमतिमा […]
सारांशमा : काठमाडौँको ओमबहालको होटल गोल्डेन लिफबाट उनीहरू पक्राउ परेका हुन्। उनीहरूबाट ९९ लाख ८४ हजार रूपैयाँ र ९ सय अमेरिकी डलर बरामद। पूरा पढ्नुहोस् काठमाडौँ। हुण्डी कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२३ ओमबहालमा रहेको होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ […]
म्याग्दीको सदरमुकाम बेनी आउदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । बेनी-गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका-८ जलेश्वरमा रघुगंगा गाउँपालिका-६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो । प्रहरीका अनुसार […]
सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो । पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका […]
कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ। यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको […]
बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ९९६ जना […]
काठमाडौं, कात्तिक ३ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ७९० सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३६ हजार ३६ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा […]
काठमाण्डौ, हरेक कमाण्डमा अब्बल बनेकी एसपी गंगा पन्त यस पटक २३ किलो अबैध सुन बरामद गरेसँगै पूनः चर्चामा आएकि छिन् । पन्तले विभिन्न जिल्लामा प्रहरी प्रमुख भएर काम गर्दा तस्करी, कालोबजारी र अपराधीलाई तह लगाएर चर्चामा आएपनि यस पटक वीरगञ्जमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी छिन् । उनले हिजो मात्रै २३ किलो अवैध सुन […]
पर्वत । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्वतले बिहिबार एक सूचना जारी गर्दै क्वारेन्टिन बस्न निर्देशन गरेको हो । प्रशासनले सबै वडाध्यक्ष तथा सदस्यलाई होम क्वारेन्टिन बस्न लगाउन र सोको अनुगमन गर्न निर्देशन गरेको छ । ‘हाल देशैभरी बढ्दै गएको कोभिड–१९ को संक्रमणको प्रभाव पर्वत […]
पर्वत। नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै पर्वतका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले मानिसको बढी भीडभाड हुने क्षेत्र कुश्माको शिवालय चोक, डिमुवा, वारीबेनी, हुवासमा यात्रु सहायताकक्ष स्थापना गरेको हो । चाडबाडका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक […]