• होमपेज
  • कोरोनाबाट आज पोखरामा २ जनाक्क मृत्यु
गण्डकी प्रदेश

कोरोनाबाट आज पोखरामा २ जनाक्क मृत्यु

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १४ का ७२ वर्षका पुरुष रहेका छन् । वैशाख २२ गते संक्रमित भएका यी पुरुषको उपचारको क्रममा पोखरास्थित ग्यालेक्सी अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी पोखरा १३ का ४६ वर्षका पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । वैशाख २७ गते कोरोना संक्रमित भएका उनको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

विज्ञापन

योसहित गण्डकीमा आज १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

कोरोना संक्रमणबाट कास्कीमा हालसम्म मृत्यु हुनेको कूल संख्या २१२ जना र गण्डकी प्रदेशमा ४२२ जना पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook