• होमपेज
  • लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते
गण्डकी प्रदेश

लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते

लमजुङ – बुधबार विहानै लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लामा ठुलो क्षति नपुराए पनि सामान्य क्षति भने भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगा थापाका अनुसार अहिलेसम्म ७ घरमा क्षति पुगेको छ भने ३ जना घाईते भएको जानकारी आएको छ । घाइतेको स्थानीय अस्पताल मै उपचार भइरहेको छ ।

विज्ञापन

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको म्याग्निच्युड ५ . ८ भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का पोखरा, बागलुङ, तनहुँ, गोरखा, धादिङ, काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा महशुस भएको थियो । भूकम्पको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook