समाचार

अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु
अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ अदुवाबारी पुलको छेउबाट खसेर १८ वर्षीय युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने […]

  • २ years अगाडि
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण

पर्वत। पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो । आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका […]

  • २ years अगाडि
डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल
डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई  सय ६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय […]

  • २ years अगाडि
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत […]

  • २ years अगाडि
घाइते सांसद भेट्ने अध्यक्ष नेपाल ट्रमा सेन्टरमा
घाइते सांसद भेट्ने अध्यक्ष नेपाल ट्रमा सेन्टरमा

काठमाडौँ । राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका सांसद गोविन्द न्यौपाने स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् । सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११:३८ बजेको आसपासमा चिप्लिएर लडेका थिए । उनको टाउको चोट लागेको छ । […]

  • २ years अगाडि
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिवराह मन्दिरको आज (बुधबार) उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताउनुभयो । कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको […]

  • २ years अगाडि
राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै
राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार पर्वतको जलजला गाउँपालिकाको माझफाँट आउनुहुने भएको छ । जलजला गाउँपालिकाको वडा नं. ३ माझफाँटमा रहेको घर्ती क्षेत्री समुदायको कुल मन्दिरको उद्घाटन गर्न आउन लाग्नुभएको हो । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बराहताल परिसरमा रहेको कुल मन्दिर उद्घाटन साथै पर्वतको सवैभन्दा उच्च स्थानमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल हम्पालको […]

  • २ years अगाडि
बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाही सिफारिस
बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाही सिफारिस

काठमाडौं । गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको आगजनी र लुटपाट गरेका दुई वृत्तका डिएसपीको कमजोरी देखिएको छ । डिआइजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै कारबाही सिफारिस गरेको हो । बालाजु वृत्त र सोेह्रखुट्टे वृत्तका डिएसपीमाथि कारबाही सिफारिस भएको हो । बालाजु वृत्तका डिएसपी रबिन बिष्टलाई भोलिपल्टै जिम्मेवारीबाट हटाइएको छ । सोह्रखुट्टेका […]

  • २ years अगाडि
त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन
त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि नेपाल आएको नामिबिया जितविहीन बनेको छ। नेपाल भ्रमणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ४३ रनले पराजित भएसँगै नामिबियाले अंक जोड्न सकेन। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले दुई सय २१ रनको योगफल तयार गरेको थियो। यसअघि नै लिग […]

  • २ years अगाडि
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?

आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति पदका लागि फागुन २५ गते निर्वाचनको मिति तय गरेको छ। आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्। राष्ट्रपतिका लागि आआफ्ना रणनीतिमा दलहरू […]

  • २ years अगाडि
सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड
सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको बताएका छन्। राससको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको बताएका हुन्। ‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः […]

  • २ years अगाडि
लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’
लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ। लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको सांसद पद बदर भएको थियो। […]

  • २ years अगाडि