• होमपेज
  • मोदी गाउँपालिकामा सन नेपाल लाइफको बीमा सेवा सम्बन्धी जानकारी तथा छलफल
अर्थ खबर

मोदी गाउँपालिकामा सन नेपाल लाइफको बीमा सेवा सम्बन्धी जानकारी तथा छलफल

पर्वत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा पर्वतको मोदी गाउँपालिकामा बीमा सेवासम्बन्धी जानकारी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वैदेशिक रोजगार म्यादी जीवन बीमा, सन मेडिकेयरलगायत कम्पनीले प्रदान गर्दै आएका विभिन्न बीमा सेवाका बारेमा जानकारी तथा छलफल गरिएको थियो। कार्यक्रममा कम्पनीको जानकारीमूलक ब्यानर मोदी गाउँपालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो।

विज्ञापन

सो अवसरमा बोल्दै रोजगार संयोजक क्षेत्रीले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा असंगठित क्षेत्रमा काम गर्ने श्रमिकलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो। श्रमिकको जोखिम न्यूनीकरण तथा परिवारको आर्थिक सुरक्षाका लागि बीमा महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स पर्वत शाखाका प्रबन्धक गणेश पौडेलले कम्पनीका विभिन्न बीमा योजनाका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि लक्षित बीमा, स्वास्थ्यसम्बन्धी बीमा तथा अन्य जीवन बीमा योजनाका विशेषता, सुविधा र प्रक्रियाबारे जानकारी दिनुभएको थियो।

कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व तथा बीमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तहमा बीमा सेवासम्बन्धी जानकारी तथा छलफल कार्यक्रम सञ्चालन गरिएको शाखाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै