• होमपेज
  • कम्पनि रजिष्टारको कार्यालय ४५ दिनमा सुधार गर्ने सुबेदीको प्रतिवद्दता
अर्थ खबर

कम्पनि रजिष्टारको कार्यालय ४५ दिनमा सुधार गर्ने सुबेदीको प्रतिवद्दता

काठमाडौँ । विभागीय कारवाहीका लागि कम्पनी रजिष्ट्रार इश्वरकुमार गिरीलाई मन्त्रालयमा तानिएसँगै सो कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी उपसचिव देवि प्रसाद सुवेदीलाई दिइएको छ।

सुवेदी भद्र, निष्ठावान् र कार्यक्षमतायुक्त कर्मचारीका रूपमा चिनिन्छन्। लोक सेवा आयोग लगायतका संवेदनशील निकायमा उनले लामो समय सेवा गरिसकेका छन्। जहाँ जहाँ उनले जिम्मेवारी सम्हाले, त्यहाँ केही न केही सुधारको खाका कोरेका छन्। स्थानीय तह पुनर्संरचना आयोगमा प्रतिवेदन तयारीलगायत संक्रमणकालीन कार्यमा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।

विज्ञापन

कारागार व्यवस्थापनमा छँदा उनले उपलब्ध बजेटमा कारागार व्यवस्थापन सूचना प्रणालीको विकास गरी तीन महिनाको अवधिमा देशभरका कैदीबन्दीहरुको विवरणलाई डाटाबेसमा आधारित बनाएका थिए । पछिल्लो समय सुधारको यही क्षमता बुझेर उनलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा खटाइएको थियो। तर, उनी सहायक भूमिकामा सीमित थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै