पर्वत । यहाँको एक पालिकाले अध्यक्ष कप आयोजना गर्ने भएको छ । पर्वतको बिहादी गाउँपालिकाले २३ बैशाख देखी २७ गतेसम्म “गाउँपालिका अध्यक्ष कप–२०८२” आयोजना गरेको हो । अध्यक्ष कप अन्तर्गत भलिबल प्रतियोगिता तथा विविध कार्यक्रम हुनेछन् । गाउँपालिकाले पुरुष, महिला र शिक्षक–कर्मचारी मैत्रीपुर्ण बीच भलिवल प्रतियोगिता आयोजना गरेको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार वडा स्तरिय पुरुष भलिवल प्रतियोगितामा पहिलो हुने समुहलाई एक लाख ५० हजार, दोस्रो हुने समुहलाई एक लाख ५ हजार, तेस्रो हुने समूहलाई ७५ हजार ५ सय प्रदान गरिने छ । प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुषाल अनुसार पुरुष भलिबल उत्कृष्ट खेल प्रदर्शन तर्फ उत्कृष्ट खेलाडीलाई दश हजार, अनुशासित खेलाडीलाई ५ हजार, उत्कृष्ट ब्लकर ५ हजार, उत्कृष्ट सेटरलाई ५ हजार र उत्कृष्ट स्पाईकर ५ हजार प्रदान गरिनेछ ।
विज्ञापन
त्यस्तै महिला तर्फ पहिलो हुने समूहलाई १५ हजार र उप–उविजेतालाई १० हजार प्रदान गरिने छ । युवा पुस्तालाई खेलकुद मार्फत अनुशासन, सद्धाव, नेतृत्व क्षमता र स्वास्थ्यप्रति सचेत बनाउँदै सामाजिक एकता सृदृढ गर्ने उद्देश्यले खेलकुद खेलकुद प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङङे जानकारी दिनुभयो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु